×

भारतको ५३औं प्रधानन्यायाधीशको रूपमा न्यायाधीश सूर्य कान्तले शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीश सूर्य कान्तलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्। 

उनको कार्यकाल हालैका केही प्रधानन्यायाधीशहरू भन्दा लामो हुनेछ, जुन १५ महिनासम्म (फेब्रुअरी २०२७) सम्म हुनेछ। 

प्रधानमन्त्री नरेन्द्र मोदी सहित धेरै प्रमुख नेताहरू शपथ ग्रहण समारोहमा उपस्थित थिए। प्रधानन्यायाधीश भारतको न्यायिक प्रणालीका प्रमुख अधिकारी हुन्। 

उनले न्यायाधीशको रूपमा मुद्दाहरूको निर्णय मात्र गर्ने छैनन् सर्वोच्च अदालतसँग सम्बन्धित सबै प्रशासनिक मामिलाहरूको पनि नेतृत्व गर्ने छन्। उनको शपथग्रहण समारोहमा नेपालका कानूनमन्त्री अनिलकुमार सिन्हा, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान सहभागी भएका छन्। 

Back to top