×

दक्षिण अफ्रिकामा आज शुरु हुन लागेको जी-२० शिखर सम्मेलन  विवादमा तानिएको छ । मुख्य साझेदार देशका नेता नै उपस्थित नभएपछि सम्मेलन विवादमा तानिएको हो ।

दक्षिण अफ्रिकाले गोरा किसानहरुमाथि अत्याचार गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मेलनमा सहभागी हुनु भएन । उता युक्रेन युद्धमा युद्धअपराध गरेको जस्ता आरोपहरुमा अन्तर्राष्ट्रिय अपराध अदालतबाट पक्राउ पूर्जी जारी भएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा सहभागी भएनन्। पुटिन पक्राउको डरले त्यहाँ नगएको अनुमान सार्वजनिक भएका छन् । 

यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि अन्तिम समयमा स्वास्थ्यमा समस्या आएको भन्दै सम्मेलनमा सहभागी नभएको बताइएको छ । विश्वका तीन ठूला नेता सहभागी नहुँदा सम्मेलन विवादित बन्न पुगेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत केही देशका प्रमुखहरु भने सहभागी छन् । 

शिखर सम्मेलनमा गरिबी, बेरोजगारी तथा असमानताको अन्त्य, आईएमएफ तथा विश्व बैंक जस्ता संस्थाहरुमा सुधार, जलवायु परिवर्तनको असर न्यूनीकरण, दिगो कृषि तथा पोषण, अफ्रिकी देशहरुको प्राविधिक रुपान्तरण तथा संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका लक्ष्य प्राप्ति जस्ता विषयहरु मुख्य एजेण्डाका रुपमा राखिएको छ । 

Back to top