×

दक्षिणी लेबनानको ऐन-अल–हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ। 

ठूलो संख्यामा मानिस घाइते भएको जनाइएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले शरणार्थीको मृत्यु भएको पुष्टि गरेको हो। यो आक्रमणलाई गत वर्ष इजरायल–हिज्बुल्लाह युद्धपछि लागू भएको युद्धविरामपछिको लेबनानमाथिको सबैभन्दा घातक हमला मानिएको छ। अलजजिराका अनुसार इजरायली ड्रोनले सिदोन बाहिरी क्षेत्रमा अवस्थित एक मस्जिदको पार्किङ क्षेत्रमा पार्क गरिएको कारलाई निशाना बनाएको थियो।  

इजरायली सेनाले आफूले हमासद्वारा प्रयोग हुने ‘ट्रेनिङ कम्पाउन्ड मा प्रहार गरेको दाबी गरेको छ। यहाँबाट इजरायलमाथि हमला गर्ने तयारी भइरहेको थियो । तर लेबनानी आरोप अस्वीकार गर्दै आक्रमण खेलमैदानमा भएको र यसलाई जघन्य अपराध भन्दै निन्दा गरेको छ।

Back to top