×

युक्रेनले रूसी आक्रमणहरूमा आफ्नो रक्षा–क्षमता बढाउन फ्रान्सबाट लडाकु विमान लिने सम्झौता गरेको छ। 

फ्रान्समा निर्मित १ सय वटा राफेल एफ–४ लडाकु जहाज र स्तरीय वायुसुरक्षा प्रणालीहरू प्राप्त गर्न फ्रान्ससँग सम्झौता गरेको हो।

पेरिसनजिकैको एक वायुसेना क्याम्पमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग आशयपत्रमा हस्ताक्षर गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस कदमलाई ऐतिहासिक बताएका छन्। 

राफेल एफ–४ को वितरण सन् २०३५ सम्म पूरा हुने योजना छ। उनले युक्रेनले धेरै नै शक्तिशाली फ्रान्सेली रडार, आठवटा वायुसुरक्षा प्रणाली र अन्य उन्नत हतियारहरू पनि प्राप्त गर्ने बताए। 

विगत केही महिनामा रूसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमणहरू बढाएको छ। यी आक्रमणहरूमा थुप्रै नागरिकको मृत्यु भएको छ। जसलाई किभ र पश्चिमी सहयोगीहरूले युद्ध–अपराधका रूपमा वर्णन गर्छन्। 

Back to top