×

बेलायतमा शरणार्थीका रूपमा प्रवेश गर्नेहरूमाथि कडा नियम लागू गरिने भएको छ। अब शरणार्थीको रूपमा प्रवेश गरेका व्यक्तिले स्थायी बसोबासका लागि आवेदन दिन २० वर्ष कुनुपर्ने भएको छ। 

बेलायतको गृह मन्त्रालयले परिमार्जन गर्न लागेको शरणार्थी स्थायी बसोबास सम्बन्धी नियममा यस्तो व्यवस्था गर्न लागिएको बीबीसीले जनाएको हो। शरणार्थीको स्थायी बसोबाससम्बन्धी उक्त नियम गैरकानुनी रुपमा बेलायत प्रवेश गर्ने मानिस रोक्नका लागि ल्याउन लागिएको हो। हाल बेलायतमा पाँच वर्ष अस्थायीरूपमा बसोबास गरेकाले स्थायी बसोबासका लागि आवेदन दिन पाउने व्यवस्था छ । 

नयाँ नियमअनुसार २० वर्ष बेलायत बसेकाको सरकारी अधिकारीले समीक्षा गरेपछि मात्र स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन्। अस्थायी बसोबास गर्नेहरुले बेलायतको नियम नमानेमा जन्मेकै देशमा फिर्ता पठाइने बताइएको छ । बेलायतमा पछिल्लो समय गैरकानूनी रूपमा प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

 

Back to top