×

भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर ‘निकै खराब’ श्रेणीमा पुगेको छ। आइतबार बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार  दिल्लीमा धेरै इलाकामा प्रदूषणको स्तर निकै चिन्ताजनक छ। एक्यूआई ४०० भन्दा माथि पुगेको छ।

यस्तै आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ छ। बवानामा सबैभन्दा बढी ४३६ रेकर्ड गरिएको छ। चाँदनी चोकमा एक्यूआई ४०९ छ। आरके पुरम र पटपडगञ्जमा ४२२ र ४२५ एक्यूआई ​ रेकर्ड गरिएको छ।

यसअघि शनिबार बिहान ८ बजे दिल्लीको हावाको गुणस्तर एक्यूआई ३५५ रेकर्ड

Back to top