सिन्ह्वा विश्वविद्यालयका अनुसार नोबेल पुरस्कार विजेता तथा चिनियाँ विज्ञान प्रतिष्ठानका शिक्षाविद् प्रख्यात भौतिक शास्त्री चेन निङ याङको शनिवार १०३ वर्षको उमेरमा बेइजिङमा निधन भएको छ । याङको जन्म सन् १९२२ मा पूर्वी चीनको आन्हुई प्रान्तको हेफेईमा भएको थियो ।
१९४० को दशकमा उनी शैक्षिक अध्ययन गर्न संयुक्त राज्य अमेरिका गए र पछि शिक्षण पदमा रहे । उनलाई १९५७ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । याङ र रोबर्ट मिल्सद्वारा प्रस्तुत गरिएको याङ–मिल्स गेज सिद्धान्त २० औँ शताब्दीमा भौतिकशास्त्रको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिहरू मध्ये एक हो ।
चीन फर्केको २० वर्षभन्दा बढी समयदेखि याङले सिङ्घ्वा विश्वविद्यालयमा अध्यापन गर्दै प्रतिभाको विकास र भर्ती र अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएका छन् । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।