×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गाजा शान्ति योजनामा हस्ताक्षर भएको छ। 

हमास समूहले इजरायली बन्धक रिहा गरेलगत्तै इजिप्टमा गाजा शान्ति योजनामा हस्ताक्षर भएको हो। ट्रम्पसहित इजिप्ट, कतार र टर्कीका नेताहरुले गाजा शान्ति योजनाको एक घोषणापत्रमा हस्ताक्षर गरेका छन्। 

इजिप्टको शर्म अल–शेखमा आयोजित गाजा शान्ति शिखर सम्मेलनमा २० भन्दा बढी देश सहभागी भएका थिए। सम्मेलनमा ट्रम्पले गाजामा निकै राम्रो दिनको सुरुआत भएको भन्दै अब पुनर्निमाणको काम सुरु हुने बताए।  

इजरायल र हमासबीच युद्धविराम गराउन सहयोग गरेको भन्दै उनले मध्यपूर्वी देशका नेताहरुको सराहाना गरे। हमासले हिजो मात्रै जिवित २० इजरायली बन्धक रिहा गरेको थियो। 

नेपालका विपिन जोशीसहित ४ मृत बन्धको शव रिहा गरेको थियो। अझै २४ जना बन्धकको शव फिर्ता हुन बाँकी छ।

Back to top