×

वीरगञ्ज ।  प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन।

सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन्।

उनीहरु सबै इजरायली नागरिक हुन्। यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन्।

Back to top