×

दक्षिण भारतीय राज्य तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयले शनिबार आयोजना गरेको सभामा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको भने ५० जना घाइते  भएका छन्। 

तीमध्ये ८ जना बालबालिका र १६ जना महिला रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।विजयको राजनीतिक पार्टी तमिलग वेत्त्रि कझगमको राज्यव्यापी यात्राको क्रममा आयोजित उक्त सभामा ठूलो भीड जम्मा भएको थियो। हजारौंको संख्यामा भीड जम्मा भएको स्थानमा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो।

विजय आगामी वर्षको सुरुवातमा हुने राज्य निर्वाचनको पूर्वतयारी स्वरूप प्रचारमा छन् ।

नजिकैका तिरुचिरापल्ली र सेलम जिल्लाबाट कम्तीमा ४४ जना चिकित्सकलाई करूर पठाइएको द हिन्दुले उल्लेख गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्भाग्यपूर्ण घटना अत्यन्तै दुखद रहेको जनाएका छन् । 

Back to top