×

गाजामा गएराति इजरायलले गरेको आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ। 

आपतकालीन सेवाका सदस्यका अनुसार गाजाको दराज क्षेत्रस्थित फिरास मार्केट नजिकको एक आवसीय भवन र त्यससँगै शरणाथी बसेको त्रिपालमा आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन्। 

इजरायली सेनाले दुई हमास लडाकुलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। यसैबीच इजरायली सेना आईडीएफका ट्यांक गाजाको मुख्य क्षेत्रमा अघि बढेका छन्।

इजरायली सेनाले हमासको मुख्य क्षेत्रमा आफ्नो सैन्य बल प्रवेश गरेको र त्यसको मुख्य उद्देश्य बन्धकको रिहाइ भएको दाबी गरेको छ। बन्धक रिहा गर्नु र हमासलाई अन्तिम हार चखाउनु अबको उद्देश्य रहेको इजरायली सेनाको दाबी छ। 

अझै ५० जना बन्धक हमासको कब्जामा छन्। यीमध्ये नेपालका विपिन जोशीसहित कम्तीमा २० जना बन्धक जिवित रहेको विश्वास छ। यसअघि हमासले विपिन सहित ५० बन्धकको तस्बिर सार्वजनिक गर्दै त्यसलाई बिदाइ सूचीको नाम दिएको थियो।

 

Back to top