भारतले पाँचौं टेस्टमा इङल्याण्डलाई ३७४ रनको लक्ष्य दिएको छ।
भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएर अल आउट भएसँगै इङल्याण्डमाथि ३७३ रनको अग्रता लिएको हो। भारतका लागि यसस्वी जयसवालले ११८ रन बनाए भने आकास दीपले ६६, रविन्द्र जडेजा र वाशिंटन सुन्दरले ५३–५३ रन र ध्रुव जुरेलले ३४ रन बनाए।
इङल्याण्डका बलर जोश टंगले ५ विकेट लिए भने गस अटकिन्सनले ३ र जामी ओभरटनले २ विकेट लिए।
यस अघि भारतले पहिलो इनिंगमा २२४ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २४७ रन बनाएको थियो। तेस्रो दिनको खेल सकिँदा इङल्याण्डले ५० रन बनाएर एक विकेटको क्षतिमा खेलिरहेको छ।