भारत र इङल्याण्डबीचको पाचौँ तथा निर्णायक टेस्ट क्रिकेट आज सुरु हुँदै छ।
ओभलमा दिउँसो पौने चार बजे सुरु हुने खेलमा भारतलाई जित्नै पर्ने दबाब छ। चारवटा सिरिज सकिँदा इङ्ल्याण्ड २-१ ले अगाडी छ। चौथो टेस्ट ड्र भएको थियो।
इङ्ल्यान्डका कप्तान बेन स्टोक्स पाँचौँ तथा अन्तिम टेस्ट खेलबाट बाहिरिएका छन्। दाहिने काँधमा ग्रेड थ्रीको मांसपेशी च्यातिएको पुष्टि भएपछि उनी कम्तीमा ६–७ हप्तासम्म मैदान बाहिर रहने भएका हुन्।
साथै, तीव्र गतिका बलर जोफ्रा आर्चर पनि टोलीमा समावेश छैनन्। यसले इङ्ल्याण्डलाई झड्का लागेको छ।