×

अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै कोलम्बिया महिला कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको छ। ​

इक्वेडरमा आज बिहान भएको सेमिफाइनलको पहिलो खेलमा कोलम्बिया चौथो पटक फाइनल पुगेको हो। 

कोलम्बियाले खेलमा प्रभुत्व जमाएको थियो। उसले गरेका अधिकांश प्रहार अर्जेन्टिनाका गोल रक्षकले बचाएकी थिइन्। निर्धारित ९० मिनेटमा दुवै टोलीले बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। जहाँ कोलम्बियाले बाजी मारेको हो। 

कोलम्बियाले अब उपाधिका लागि भोलि ब्राजिल र उरुग्वेको विजेतासँग खेल्ने छ। फाइनल खेल आगामी आइतबार हुनेछ। ब्राजिलले सन् २०२२ मा कोलम्बियालाई नै हराए च्याम्पियन बनेको थियो। 

Back to top