×

जर्मनीलाई पहिलो पटक हराएर विश्व विजेता स्पेन  पहिलो पटक यूएफा महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

गएराति ज्युरिचमा भएको खेलमा दुई पटकको बालोन डीओर विजेता आइताना बोनमतीले खेलको ११३औँ मिनेटमा गरेको गोल नै  जर्मनीलाई हराउन  निर्णायक बन्यो। 

युरोको कीर्तिमानी आठ पटकको च्याम्पियन जर्मनी स्पेनसँग पहिलो पटक हारेको हो।  निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

विश्वकप र नेसन्स लिग जितिसकेको स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोपियन च्याम्पियनसिपको उपाधि नजिक पुगेको हो। त्यो पनि युरोको इतिहासमा पहिलो पटक। 

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको जर्मनीका दुई महत्वपूर्ण  खेलाडी जोके नुस्केन र क्याथरीन हेन्डरिच निलम्बित भएपछि तथा कप्तान गिउलिया ग्विन चोटबाट खेल्न नसकेपछि जर्मनी दबाबमा थियो। 

समूह चरणमा पोर्चुगल र बेल्जियमलाई हराएको स्पेनले अन्तिम खेलमा इटलीविरूद्ध ३–१ को जित निकाल्दै समूह ुबीु शीर्ष स्थानमा रहेर क्वार्टरफाइनल खेलेको थियो। 
स्पेनले उपाधिका लागि आइतबार राति साबिक बिजेता इङ्ल्यान्डसँग भिड्नेछ। 

Back to top