×

साउदी प्रो लिग क्लब अल हिलाल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।

अल हिलालले म्यानचेस्टर सिटीलाई ४–३ को गोल अन्तरले स्तब्ध पार्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। 

अल हिलालको जितमा मार्क्स लियोनार्दोले २ गोल गरेका थिए भने माल्कम र कालिडोउ कौलीबालीले एक एक गोल गरे। म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, इर्लिंग हालाण्ड र फिल फोडेनले एक एक गोल गरे।

निर्धारित ९० मिनेटमा दुवै क्लबले २–२ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा अल हिलालले २ गोल गर्यो भने म्यानचेस्टर सिटीले एक गोल गरेको थियो।

अब क्वाटरफाइनलमा अल हिलालले ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्ने छ। हारसँगै सिटीको फिफा क्लब विश्वकपको यात्रा समाप्त भएको छ।

 

Back to top