×

पाहुना टिम इरानले विभागीय टोली नेपाल पुलिसलाई ३–१ को सेटले हराउँदै पोखरामा सम्पन्न प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। 

पोखराको कभर्डहलमा सम्पन्न फाइनलको पहिलो सेटमा इरान सशक्त रुपमा प्रस्तुत हुँदा नेपाल पुलिसलाई २५–१८ ले पाखा लगायो। दोस्रो सेटमा भने इरानको २४–२६ को अंक नेपाल पुलिसलाई सुम्पियो।

तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५–१८ को स्कोरसहित सेट आफ्नो पक्षमा पार्‍यो। चौथो सेटमा इरानले पुलिसमाथि सुरुदेखि नै दवाब सृजना गर्दा २५–१७ ले हराएर जित सुनिश्चित गर्‍यो।

प्रतियोगिताको उत्कृष्ट सर्भर इरानका अफसिन फतेह घोषित भए। यस्तै, उत्कृष्ट सेटर पुरस्कार नेपाल पुलिसका बलराम गुरुङले हात पारे। 

उत्कृष्ट स्पाइकर त्रिभुवन आर्मीका धनबहादु भट्टले हात पार्दा उत्कृष्ट डिफेन्डर टिम इरानका दिपक थापा घोषित भए। उत्कृष्ट प्रशिक्षक इरानकै अमिर हुसेन चुनिए।

प्रथम हुने टिमले ४ लाख ४४ हजार र दोस्रो हुने टिमले २ लाख ४४ हजार नगद पुरस्कार पाए।

Back to top