×

१९ वर्ष मुनिको आईसीसी विश्वकप एशिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ। यसअघि लगातार दोस्रो जित हासिल गरेको नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। 

खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा यूएई र दोस्रो खेलमा ओमानलाई हराएको थियो। नेपाल आज पनि हङकङलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ। 

आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ। दुई खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ। पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकालेको अफगानिस्तान नेपालसँगै समान २ जित भए पनि नेट रनरेटका आधारमा अगाडि रहेको छ।

Back to top