इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजापट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः शुरु गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले वार्ता वा अन्य माध्यमबाट युद्धका उद्देश्यहरू पूरा गर्नेसमेत बाचा गरेका छन्।
‘हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः शुरु गर्न तयार छौँ”, इजरायलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेष्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहूले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने, ‘गाजामा हामीले हमासका अधिकांश सङ्गठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शंका छैन-हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ-चाहे वार्ताको माध्यमबाट होस् वा अन्य माध्यमबाट।’