इजरायल रक्षा बलले हमासद्वारा ६ जना इजरायली वन्धकहरूलाई जारी युद्धविराम आदानप्रदानको एक भागको रूपमा शनिवार रिहा गरिएको जनाएको छ। पाँच बन्धकहरूमध्ये दुईलाई शनिबार पहिले दक्षिणी गाजाको रफाहमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिको सवारीबाट स्थानान्तरण गरिएको थियो।
ती दुईजना ३८ वर्षीया एभेरा मेंगिस्टु, एक इथियोपियाली मूलका इजरायली पुरुष अश्केलोनबाट रहेका छन्। जो २०१४ मा गाजा पुगेका थिए। त्यसबेलादेखि नै बन्धक बनाइएका थिए। ४० वर्षीय ताल शोहमलाई अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा पक्राउ गरिएको थियो।
शोहमकी श्रीमती र दुई छोराछोरीलाई पनि वन्धक बनाइएको थियो। नोभेम्बर २०२३ मा अस्थायी युद्धविराम सम्झौता अन्तर्गत रिहा गरिएको थियो। तीनजना – २२ वर्षीय ओमर शेम–टोभ, २७ वर्षीय एलिया कोहेन र २३ वर्षीय ओमर वेन्कर्ट – लाई पनि २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा पक्राउ गरिएको थियो।
जनवरी १९ देखि लागू हुने पहिलो चरण अर्को हप्ता समाप्त हुने तय भएको छ र जब हमासले १ हजार ५ सयभन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ इजरायली बन्धकहरू– २५ जीवित र आठ मृत – को रिहाइ पूरा गर्ने अपेक्षा गरिएको छ।