×

इटहरी गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ। सुनसरीको इटहरी रंगशालामा दिउँसो साढे २  बजे सुरु हुने प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । 

यसअघि दुईपटक प्रतियोगिताको उपाधि जितिसकेको सगरमाथा तेस्रोपटक उपाधि कब्जा गर्ने दाउमा छ। पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको मच्छिन्द्र सगरमाथाको उपाधि यात्रामा ब्रेक लगाउने योजनामा छ।

राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

Back to top