×

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ। नयन एड्भरटाइजिङ मिडिया प्रालिद्सवारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर बुधबार कोशी एक्सिलेन्स अवार्ड आयोजना गर्न लागेको हो।

कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ। कृषि, बैंकिङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअप विधामा अवार्ड प्रदान गरिनेछ।

अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको र उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनको भनाइ छ।

अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी गरिएको उनले जनाए।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि रहनेछन्। कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौलालगायत सहभागी हुने बताइएको छ।

Back to top