×

लेबनानको हिजबुल्लाह समूह र इजरायलबीचको युद्धविराम संकटमा परेको छ। इजरायलले गएराति लेबनानका विभिन्न ठाउँमा हवाई आक्रमण गरेपछि हिजबुल्लाह समूहले पनि रकेट प्रहार गरेको छ। 

दुवै पक्षले एक अर्कामाथि गत हप्ता भएको युद्धविराम उल्लंघनको आरोप लगाएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा दक्षिणी लेबनानका दुई गाउँमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। इजरायली डिफेन्स फोर्सेज आईडीएफले पूरै लेबनानमा रहेका हिजबुल्लाहका विभिन्न सैन्य क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेको छ। 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाहको आक्रमणलाई युद्धविरामको गम्भीर उल्लंघन भन्दै आफूहरुले बलियो जवाफ फर्काउने घोषणा गरेका छन्। यसअघि युद्धविराम सम्झौता हुँदै गर्दा नेतन्याहूले हिजबुल्लाह समूहले शर्त उल्लंघन गरेमा आफूहरु कारबाहीबाट कत्ति पनि पछि नहट्ने बताएका थिए।

Back to top