×

वीरगञ्ज। राष्ट्रिय उपभोक्ता मञ्च पर्साको १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा साबिर हुसैन चयन भएका छन्।

उपभोक्ताको हक, हित तथा अधिकारको संरक्षण, बजारमा हुने अनियमितता, कालोबजारी र कृत्रिम अभावजस्ता गतिविधिविरुद्ध प्रभावकारी रूपमा काम गर्ने उद्देश्यका साथ नयाँ कार्यसमिति गठन गरिएको मञ्चले जनाएको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रंजीत पांडेय, शैलेन्द्र त्रिपाठी र परवेज अहमद गदी चयन भएका छन्। सचिवमा कृष्ण मोहन सहनी, सहसचिवमा कविता कुमारी मण्डल तथा कोषाध्यक्षमा संकर यादव चयन भएका छन्।

यसैगरी सदस्यहरूमा बिकु गुप्ता, सुमित गुप्ता, श्यामबाबु पांडेय, रूपशीला जैसवाल, कृष्ण कुशवाहा, अजय पटेल, अनिल कुमार गुप्ता र मंजय शर्मा रहेका छन्।

कार्यसमितिलाई आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गर्न धर्मेन्द्र उपाध्याय, किरण सरकार, ज्ञानेन्द्र सिंह, अभिषेक तिवारी र विशाल ठाकुरलाई सल्लाहकारमा मनोनयन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिले उपभोक्ताको अधिकार सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने, उपभोक्ता सचेतना अभिवृद्धि गर्ने तथा गुणस्तरीय वस्तु र सेवामा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्री–वितरणजस्ता गतिविधिविरुद्ध सशक्त रूपमा आवाज उठाउँदै उपभोक्ताको हित संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

मञ्चका अनुसार नयाँ कार्यसमितिको गठनसँगै पर्सा जिल्लामा उपभोक्ता अधिकार संरक्षणसम्बन्धी गतिविधिलाई थप सक्रिय, प्रभावकारी र जनमुखी बनाउने लक्ष्य लिइएको छ।

Back to top