×

सिरियाको विद्रोही समूहले देशको दोस्रो ठूलो शहर अलेप्पोका कयौँ इलाका नियन्त्रणमा लिएको छ। 

बेलायतमा कार्यालय रहेको मानवअधिकार निगरानी संस्था सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विद्रोही जिहादी समूहले अलेप्पो सहरको आधाभन्दा बढी क्षेत्र कब्जा गरेको जनाएको छ। 

यो राष्ट्रपति बशर अल असादको सरकारविरुद्धको सबैभन्दा ठूलो आक्रमण हो। सन् २०१६ पछि विद्रोही समूहले पहिलोपटक अलेप्पो शहरमा यति ठूलो कब्जा जमाएको समाचारहरुमा जनाइएको छ । विद्रोही समूह हयात तहरीर अल–शामले आफ्ना लडाकू अलेप्पोको विभिन्न भागमा परिचालन भएको तस्विर सार्वजनिक गरेको छ । 

सिरियाका सरकारी अधिकारीहरुका अनुसार विद्रोही समूह सहर प्रवेश गर्दा भएका लडाइँमा कम्तीमा २५५ जनाको मृत्यु भएको छ । अलेप्पोमा सीरियाली सेनाले रुसको सहयोगमा २३ वटा हवाई आक्रमण गरेको छ भने अलेप्पोको विमानस्थल बन्द गरिएको छ । झण्डै डेढ दशकदेखि जारी सीरिया गृहयुद्धमा ५० लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

Back to top