×

दुबईमा जारी महिला टी-२० विश्वकप क्रिकेटमा भारतविरुद्ध न्युजिल्याण्डले जित निकालेको छ। शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो। 

न्युजिल्याण्डले भारतलाई १६१ रनको लक्ष्य दिए पनि भारतले १०२ रन मात्र जोड्न सक्यो। भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक १५ रन योगदान गरिन्। उनीबाहेक भारतका खेलाडीले एक्लै २० रन पनि बनाउन सकेनन्। ​

न्युजिल्याण्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन्। टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो। कप्तान सोफी डिभिनले ५७ रनको अर्थशतकीय पारी खेलिन्। यसअघि शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई १० विकेटले पराजित गरेको थियो। 

विश्वकप अन्तर्गत शनिबार दिउँसो पौने ४ बजे अष्ट्रेलिया र श्रीलंका तथा राति पौने ८ बजे बंगलादेश र इंगल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। 

Back to top