इस्लामावादमा जारी जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा नेपालले आज बंगलादेशसँग खेलैछ।
नेपाल पहिलो जितको खोजीमा हुनेछ। लगातार तेस्रो हार बेहोरेको नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ।
शुक्रबार नेपालले घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजय बेहोर्यो। पाकिस्तानसामू नेपाली टोली निरीह बन्यो।
पाकिस्तान २५–१४, २५–१८, २५–१० को सेटमा विजयी भयो। यसअघिका खेलमा नेपाल क्रमशः काजकिस्तान र श्रीलंकासँग समान ३–२ सेटको नतिजामा पराजित भएको थियो।
सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। शीर्ष चारमा अटाउन नसक्ने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालले भोलि पहिलो चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्नेछ। सेमिफाइनल सम्भावनालाई कायमै राख्न नेपाललाई आज जितको विकल्प छैन।