वीरगञ्ज । नेपाललाई भारतको एयरटेल कम्पनीले ब्यान्डविथ प्रदान गर्छ। नेपालका इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी हुन नसक्दा भारतको एयरटेल कम्पनीले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।
अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोकेको नेपालका इन्टरनेट सेवा प्रदायकहरुको जिकिर छ ।सरकारसँग कर विवादको कारण सरकारले कम्पनीहरुलाई उक्त सुविधा रोकिदिएको हो।
सरकारसँग कर विवादले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले वर्ष दिनदेखि भारतको एयरटेललाई तिर्नुपर्ने करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताइएको छ ।