×

बारा । सामाजिक संजाल मार्फत पत्रकारको चरित्र हत्या गर्ने दुईजनालाई बारा जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । जिल्ला अदालतले पत्रकार उमेश दुबे र प्रसौनी गाउँपालिका वडा नम्बर ४ का ज्ञानेन्द्र दुबेलाई जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गरेको हो । 

ईजलाश नम्बर ५ न्यायाधीश तारा देवी महर्जनको ईजलाशले पत्रकार दुबे सहित दुबैजनालाई धरौटीमा छोडने आदेश दिएको जिल्ला अदालतले जनाएको छ ।  पत्रकार दुबे सहित पाँच जनाले नेपाल पत्रकार महासंघ बाराका पुर्व सचिव जयनारायण यादवको चरित्र हत्या गर्ने सामग्री सामाजिक संजाल फेसबुकमा प्रकाशन गरेका थिए । 

पत्रकार यादवले फागुन २३ गते पाँच जनामाथी मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएपछि फरार रहेका पत्रकार दुबे आज जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालतले अब धरौटी लिएर मुद्दाको अनुसन्धान अगाडि बढाउने छ ।

Back to top