×

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छिन् । आरबी डायमण्ड ज्वेलर्सले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खबर सार्वजनिक गरेको हो ।

आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा भब्य ज्वेलरी रनवे गर्ने जनाएको छ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछ।

सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन्। कार्यक्रम यही चैत १६ गते (मार्च ३०) गते हुनेछ जसको शो ओपनरको रुपमा भने किम गुडबर्न आउने भएका छन्।

हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्ने आरबीको विश्वास छ। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन्।

ज्याकलिन : कार्यक्रमका लागि आतुर रहेको बताइन्

आरबी डायमण्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले २७ औं वार्षिकोत्सवलाई रोमाञ्चक कार्यक्रमका साथ मनाउन पाउँदा खुशी लागेको बताए। कार्यक्रमका लागी आफू हर्षित रहेको ज्याकलिनले बताएकी छन्। उनले एक भिडिओ सन्देशमार्फत आफू कार्यक्रमका लागि आतुर रहेको बताइन्। किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागि आफू तयार भएको खबर पठाएका छन्।

ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले हिजो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। यस्तै, आरबीले हिजै आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको पनि घोषणा गरेको छ। आरबीले चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका व्यक्ति रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो।

Back to top