भारतीय जनता पार्टी (बीजेपी)ले आसन्न लोकसभा चुनावका लागि पार्टीका तर्फबाट उम्मेद्वार बन्नेको पहिलो सूची सार्वजनिक गरेको छ ।
पहिलो सूची अनुसार १६ वटा राज्य र केन्द्र शासित २ प्रदेशका १ सय ९५ उम्मेद्वारको नामावली प्रकाशित भएको हो । बीजेपीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई वाराणसीबाट उम्मेद्वार बनाएको छ ।
गृहमन्त्री अमित शाह गान्धीनगरबाट चुनाव उठ्ने भएका छन् । शाह सन् २०१४ देखि २०२० सम्म बीजेपीका पार्टी अध्यक्ष समेत हुन् । गान्धीनगर गुजरात राज्यको राजधानी हो ।
बीजेपीले सार्वजनिक गरेको १ सय ९५ उम्मेद्वारको सूचीमा २८ जना महिला, ५० वर्षभन्दा कम उमेरका युवाको संख्या ४७, सूचीकृत जातीका २७ र पिछडा वर्गका ५७ उम्मेद्वारलाई अघि सारिएको छ ।
भाजपाले उत्तरप्रदेशका ५७ सिट, पश्चिम बंगालका २०, मध्यप्रदेशका २४, गुजरातका १५, राजस्थानका १५, केरलाका १२, तेलंगनाका ९, छत्तीसगढका ११ सिटकालागि उम्मेद्वार चयन गरेको हो ।
उम्मेद्वारको पहिलो सूचीमा लोकसभाका अध्यक्षसहित, केन्द्रीय मन्त्री र पार्टीका उच्च नेताहरुको नाम समावेश गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लोकसभाको ५ सय ४३ सिटका लागि निर्वाचन हुन लागेको हो । त्यहाको निर्वाचन आयोगले मतदानको मिति भने तोकिसकेको छैन । आयोगका अनुसार आगामी अप्रिलको अन्तिममा निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको छ ।
हेर्नुहोस् उम्मेद्वारको सूची
वाराणसी – नरेंद्र मोदी
गांधी नगर – अमित शाह
विदिशा – शिवराज सिंह चौहान
डिब्रूगढ़ – सर्वानंद सोनोवाल
बीकानेर – अर्जुन राम मेघवाल
जोधपुर- गजेंद्र सिंह शेखावत
अरुणाचल वेस्ट – किरेन रिजिजू
गौतम बुद्ध नगर – महेश शर्मा
मथुरा – हेमा मालिनी
आगरा – सत्यपाल सिंह बघेल
फतेहपुर सिकरी – राजकुमार चाहर
एटा – राजवीर सिंह
शाहजहांपुर – अरुण कुमार सागर
खिरी – अजय मिश्रा टेनी
धौड़हड़ा – रेखा वर्मा
हरदोई – जयप्रकाश रावत
उन्नाव – साश्री महाराज
अमेठी – स्मृति इरानी
लखनऊ – राजनाथ सिंह
इटावा – रामशंकर कटेरिया
जालौन – भानू प्रसाद वर्मा
झांसी – अनुराग शर्मा
हमीरपुर – कुंवर पुष्पेंद्र चंदेल
फतेहपुर – साध्वी निरंजन ज्योति
बारामती – उपेंद्र सिंह रावत
फैजाबाद – लल्लू सिंह
गोंडा – राजा भैया
गौरखपुर – रवि किशन
कुशीनगर – विजय कुमार दुबे
लालगंज – नीलम सोनकर
आजमगढ़- दिनेश लाल यादव निरहुआ
सलेमपुर – रवींद्र कुशवाहा
जौनपुर – कृपा शंकर सिंह
चंदौली – महेंद्र नाथ पांडे
कांति – शुभेंदु अधिकारी
चांदनी चौक – प्रवीन खंडेलवाल
उत्तर पूर्वी दिल्ली – मनोज तिवारी
नया दिल्ली – बांसुरी स्वराज
पश्चिम दिल्ली – कमलजीत सहरावत
दक्षिण दिल्ली- रामवीर सिंह बिधुड़ी
रांची – जमशेद सेठ
सिंहभूम – गीता कोड़ा