×

नेपालविरुद्धको खेलमा क्यानडाको दोस्रो विकेट गुमेको छ। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसिय खेलको तेस्रो दिनमा आकाश चन्दले विकेट लिएका हुन्। 

२२ रन बनाएर खेलिरहेका​ सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलको क्याचमा आउट भएका हुन्। पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए। उनले  ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए।

हाल क्यानडाले १५ ओभरको समाप्तिमा ६२ रन बनाएर खेलिरहेको छ।

Back to top