×

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको युईएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ। गएराति भएको खेलमा  सर्बियन क्लब कर्भेना भेजडाविरुद्ध ३-१ को जित निकाल्दै सिटीले  यस सिजनमा विजयी शुरुवात गरेको हो।

सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए। त्यसैगरी भेजडाका लागि ओसमान बुकारीले एक गोल फर्काए।

यो जितसँगै समूह जी मा रहेको म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। साथै यसै समुहमा रहेको आरबी लेइपजिंगले योंग ब्वाइजलाई ३-१ गोल अन्तरले नै पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ।

म्यानचेस्टर सिटीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा आरबी लेइपजिंगविरुद्ध खेल्ने तालिका रहेको छ। ​ गएराति नै भएको खेलमा पिएसजीले डोर्टमण्डमाथि २-० को जित निकाल्दै विजयी भयो। पिएसजीको जितमा किलियन एम्बाप्पे र अचरफ हाकिमीले एक एक गोल गरेका थिए।

यो जितसँगै समूह एफ मा रहेको पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । त्यसैगरी यस समुहमा रहेका एसी मिलान र न्यूक्यासल भने गोलरहित बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका छन्।​

पिएसजीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा न्यूक्यासल युनाइटेडविरुद्ध खेल्ने तालिका रहेको छ। 

गएराति नै भएको समूह एचको खेलमा बार्सिलोनाले बेल्जियमको क्लब रोयल एन्टेपमाथि ५-० को शानदार जित निकालेको छ। त्यस्तैै गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिड र लाजियोले एक एकको बराबरी खेलेका छन्।

Back to top