×

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा मलेसियाले हङकङमाथि शानदार जित हात पारेको छ । मलेसियाको क्वालालम्पुरमा मंगलबार भएको पहिलो खेलमा मलेसियाले हङकङलाई १ सय २ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र जोड्न सक्यो । हङकङका लागि बाबर हायातले सर्वाधिक २२ रन बनाए । मलेसियाका विरणदिप सिंहले सर्वाधिक ४ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । मलेसियाका लागि सयद अजिजले ३४ बलमा ४ चौका र ६ छक्काको मदतमा ६५ रन बनाए । विरणदिप सिंहले ४७ रनको योगदान गरे ।

हङकङका लागि मोहम्मद घजनफारले सर्वाधिक ३ विकेट हात पारे । मलेसियाले दोस्रो खेल पीएनजीविरुद्ध बुधबार खेल्नेछ । 

Back to top