×

फिफा विश्वकप महिला फुटबलमा आज चार खेल हुदैछन्। आज दक्षिण कोरिया मोरोक्को, स्विटजरल्याण्ड र न्युजिल्याण्ड तथा नर्वे र फिलिपिन्स तथा जर्मनी र कोलम्बिया भिड्न लागेका हुन्।

समुह एच मा रहेका दक्षिण कोरिया र मोरोक्ककोबिचको खेलमा बिहान सवा १० बजे अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा हुनेछ। यी दुवै टोली अंक बिहान छन्। जर्मनी र कोलोम्बिया पहिलो र दोस्रो स्थानमा छन्।

यस्तै समुह ए मा रहेका स्विटजरल्याण्ड र न्युजिल्याण्डबिचको खेल आज न्युजिल्यण्डस्थित फोर्सिद स्टेडियममा दिउँसो पौने १ बजे शुरु हुनेछ।

दिउँसो पौने १ बजे नै समुह ए कै नर्वे र फिलिपिन्सले इडनपार्कमा खेल्दैछन्।

समुह ए मा स्विटजरल्याण्ड अंक तालिका पहिलो स्थानमा छ । न्युजिल्याण्ड दोस्रो स्थानमा रहँदा फिलिपिन्स तेस्रो नर्वे अन्तिम अर्थात चौथो स्थानमा छ। आजै जर्मनी र कोलम्बिया पनि आमने सामने हुँदैछन्। यी दुईबीचको खेल  अस्ट्रेलियामा सवा ३ बजे सुरु हुनेछ।

Back to top