×

वीरगञ्ज, २८ कार्तिक ।  वीरगञ्जमा विश्व मधुमेह दिवस मनाइएको छ । हरेक नोभेम्बर १४ का दिन मनाइने विश्व मधुमेह दिवस वीरगञ्जमा रहेका विभिन्न संघ संस्थाहरुले पनि विविध कार्यक्रम गरी मनाएका छन् । 

निःशूल्क मधुमेह परीक्षण शिविरको आयोजना गरेर लायन्स क्लब अफ वीरगञ्ज सहयोगीले दिवस मनाएको छ । वीरगञ्जको माइस्थानस्थित गहवामाई मन्दिर अगाडीको परिसरमा सम्पन्न शिविरमा १ सय २१ जनाले मधुमेश परीक्षण गराएका थिए । 

कन्सलटेन्ट फिजिसियन तथा लायन्स क्लब सहयोगीका सचिव डा. अजय कुमार गुप्ता, कन्सलटेन्ट फिजिसियन तथा क्लबका सहसचिव डा. प्रवेज आलम अन्सारीसहित डा. अच्युतलाल कर्ण, डा. पशुपति भट्ट, डा. सफ्रोज अन्सारीले स्वास्थ्य परीक्षण गरेका थिए । 

नेशनल मेडिकल कलेजमा एमबिबिएसको अध्ययन सकेर इन्टर्नशिप गरीरहेका रामजी राम, अञ्जली वि.क., आरती केसी, बिपिन आचार्य, राजु पाण्डे, हिमानी सिंह, शुभम रौनियार, मनिष कुमार मण्डल, प्रश्मिता शाक्य लगायतले पनि स्वास्थ्य परीक्षणमा सहजीकरण गरेको लायन्स क्लबका कृष्ण झाले जानकारी दिए । 

पछिल्लो समय बढ्दो प्रविधिको विकाससँगै मानिसको बदलिदो जीवनयापन एवम् खानपानका कारण मधुमेह रोग फैलिरहेको हुँदा सबैले नियमित रुपमा मधुमेहसँगै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव पनि सोही अवसरमा सर्वसाधारणलाई दिइएको थियो ।

क्लबले सामाजिक क्षेत्रमा र मानिसलाई स्वस्थ राख्न विभिन्न जनचेतनामुलक कामहरु गर्र्दै आएको हुँदा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने क्लबका अध्यक्ष दिलपाल साहले बताए । 

दिवसकै अवसरमा वीरगञ्जको आदर्शनगर चौकमा पनि निःशूल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र लायन्स क्लब अफ आदर्शनगरद्वारा आयोजित शिविरबाट १ सय जनाभन्दा धेरै लाभान्वित भएका छन् ।

बरिष्ठ फिजिसियन डा. निरज सिंह, डा. रामअवतार खेतान, डा. जगदिश अग्रवाल लगायतले स्वास्थ्य परीक्षण गरेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । 


 

Back to top