×

वीरगञ्ज, १७ साउन ।  बाराको सिमरामा मधेश प्रदेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनका अवसरमा २३ जना उद्योगी सम्मानित भएका छन् । 

मधेश प्रदेशको आर्थिक वृद्धीमा महत्वपूर्ण योगदान दिएको र उद्योगधन्धामार्फत रोजगारी सृजना गरेको भन्दै मधेश प्रदेशले २३ उद्योगीलाई सम्मान गरेको हो । 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सिमरामा जारी मधेश प्रदेश औद्योगिक सम्मेलनमा प्रदेशमा रोजगार उपलब्ध गराउनुका साथै आर्थिक वृद्धिमा योगदान पु¥याउने २३ उद्योगलाई प्रदेश सरकारले सम्मान गरेको हो । 

चाचान ग्रुपका प्रबन्ध निर्देशक एवम् बरिष्ठ उद्योगी बाबुलाल चाचान, निम्बस ग्रुपका जगदिश अग्रवाल, शालिमार ग्रुपका अशोक वैद्य, जगदम्बा सिमेन्टका राजेश अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका रमेश अग्रवाल, त्रिवेणि स्पीनिङ्का बिरु संघाई, जय स्पिनिङ, एन पि ड्रग्स, गणपति बनस्पति, अन्नपूर्ण भेजेटेबल, नारायणी भेजेटेबल, सुर्या नेपाल, डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट, इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव पेज, हुलास स्टिल, शिबशक्ती म्यानुफेक्चरिङ, आर सि ब्याट्री, महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी, वल्र्डलिंक, ईन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी लगायतका उद्योगी व्यवसायीहरु सम्मानित भएका हुन् । 

सीप परियोजनाको सहकार्यमा जारी सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, बेलायती राजदुत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउत सहित प्रदेशका उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेको छ । 
 

Back to top