×

वीरगञ्ज ६ असार । सशस्त्र प्रहरी जवान आधारभुत तालिमको अन्तिम दिक्षान्त कवाज समारोह सोमवार सम्पन्न भएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ रिजर्भ गण हेडक्वाटर महोत्तरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण हेडक्वाटर बारामा २०७८ श्रावण १ गतेदेखि शुरु भएको सशस्त्र प्रहरी जवान आधारभुत तालिम सोमवार सम्पन्न भएको हो । 

सशस्त्र प्रहरी जवान आधारभुत तालिममा सि.नं. २३४ (ङ) तर्फ सशस्त्र प्रहरी जवान सरोज कुमार गोले र सि.नं. २३४ (च) तर्फ शक्ति रामले प्रथम स्थान हासिल गरेका छन् । 

प्रथम हुने सँगै दिक्षित भएका १ सय ९५ ना सशस्त्र प्रहरी जवानलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडामगरले बधाई तथा शुभकामना दिँदै ईमान्दार, बफादार र कर्तव्यनिष्ठ भएर सुरक्षाकर्मीको रुपमा काम गर्न निर्देशन दिएका छन् । 

दिक्षान्त समारोहमा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रलाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, नेपाली सेना नम्बर २७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि भरतचन्द्र गुरुङ्ग, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँ, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालय जनकपुरका अनुसन्धान निर्देशक ओम जोशी, छिन्नमस्ता बाहिनीका सहायक बाहिनीपति बिष्णुप्रसाद भट्ट, महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लगायतको उपस्थिती रहेको थियो ।

Back to top