×

वीरगञ्ज, ३ जेठ ।  पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाली कांग्रेसभन्दा ८० मतको अन्तरले पछाडी छ । वडा नम्बर १ देखि ४ सम्मको ८ हजार ७ सय ७६ मत गणना गर्दा कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार अजय पटेल जसपाका बशिष्ट गुप्ताभन्दा ८० मतले अगाडी छन् । 

कांग्रेसका पटेलले ३ हजार ८० मत पाउँदा जसपाका गुप्ताले ३ हजार मत पाएका छन् । यसअघि ६ हजार ४ सय ८९ मत गणना गर्दा सम्म ३ सय ६१ मतान्तरले पछाडी रहेका गुप्ताले पटेललाई पछ्याइरहेका छन् । 

भर्खरै वडा नम्बर ५ को मतपेटिका खोलिएको छ । ५ वटा वडा रहेको गाउँपालिकामा अबको नेतृत्व यही वडाको परिणामले निर्धारण गर्नेछ । ५ नम्बर वडा दुवै जना उम्मेदवारको पकड भएको वडा भएकाले अनुमान गर्न पनि असहज भएको वडाबासी बताउँन् । 

वडा नम्बर १ मा जसपाका लालबाबु राउत बरै १ हजार ४ सय ९८ मत ल्याएर निर्वाचित भएका छन् । वडा नम्बर २ मा नेकपा एमालेका सोनालाल प्रसाद चौरसिया ५ सय ७२ मतका साथ निर्वाचित हुँदा वडा नम्बर ३ मा जसपाका सञ्जय कुमार पटेल ६ सय ५० मत पाएर निर्वाचित भएका छन् । वडा नम्बर ४ को गणना सकिएपनि अन्तिम नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । 

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार १ हजार १ सय २८ मत पाएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसकी राजमती देवी चौरसियाले ३ हजार ४ सय ३९ मतका साथ अग्रता लिँदा जसपाकी सहानी खातुन ३ हजार ६५ मतका साथ दोस्रो स्थानमा छिन् । एमालेकी अंशु आनन्दले ७ सय ४६ मत प्राप्त गरेकी छिन् ।  
 

Back to top