×

वीरगञ्ज । नेपालले वेस्टइन्डिज ए सँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरी पनि छन्  । विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन् । आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन् । सन्दीप जोरा पनि बेन्चमा छन् ।

अहिले ६.५ ओभरको खेलमा वेस्ट इन्डिजले ३ विकेटको क्षतीमा ८६ रन बनाएको छ । 

Back to top