×

२५ जेठ ।  ह्वावेले जुन २ मा आफ्नो अपरेटिङ सिस्टम हार्मोनी सार्वजनिक गर्ने बेलामा ट्याब्लेट, स्मार्टवाच, एयरवड र अन्य थुप्रै डिभाइसहरुमा यसले काम गरेको भिडिओमार्फत देखाएको थियो । अपरेटिङ सिस्टम सार्वजनिक गर्ने क्रममा देखाइएको एउटा युट्युव भिडिओमा स्मार्टफोनमा कल आउँदा स्मार्टफोनमा कनेक्ट भएको स्मार्ट वाचमार्फत हेडफोनमा कनेक्ट भएको देखाइएको थियो ।

अर्को परिदृश्यमा एक ठाउँमा खिचिएको तस्वीर एडिटिङको लागि आफू नजिक रहेको कम्युटरमा पठाउन मिल्ने सुविधा पनि प्रदर्शन गरिएको थियो । अपरेटिङ सिस्टम सार्वजनिक गर्ने क्रममा फोरके फुटेज भिडियो खिच्नको लागि क्यामेरामा स्मार्टफोनलाई कनेक्ट गरिएको पनि देखाइएको थियो ।

जसमा फुटेज मात्रै नभएर हातमा बाँधिएको स्मार्ट वाचमार्फत स्माटफोनमा मुटुको चाल पनि हेर्न मिल्ने सुविधा रहेको देखिन्थ्यो । हेर्दा, यि सबै सुविधा एकदमै रमाइला र उत्साहजनक खालका थिए । गुगलले आफ्नो सेवा प्रयोगको लागि प्रतिबन्ध लगाएदेखि ह्वावेका स्मार्टफोनमा गुगल प्ले स्टोर प्रयोग गर्न मिलेको छैन । प्ले स्टोर नचलेसँगै ह्वावेको फोनमार्फत प्लेस्टोरमा पाइने ठूलो पहुँच रोकिएको छ ।

ह्वावेले बनाएको हार्मेनी अपरेटिङ सिस्टम र यसलाई सार्वजनिक गर्ने क्रममा देखाइएको सेवाको प्रदर्शनबाट के बुझ्न सकिन्छ भने ह्वावेले एकदमै राम्रो खालको अपेटिङ सिस्टम बनाउन खोजेको होइन, बरु यसका ग्याजेट्स इकोसिस्टममा रहेका डिभाइसहरु किन्नुपर्ने कारणहरु देखाएको हो । ह्वावे आफ्ना ग्राहकलाई स्मार्टफोन मात्रै नभई अन्य थुप्रै डिभाइसहरु बेच्न चाहन्छ ।

हार्मोनी एन्ड्रोइडको कपी होइन

ह्वावेमाथि लागेको प्रतिबन्धसँगै हार्मोनी अपरेटिङ सिस्टम तयार पार्नु भनेको ह्वावेले एन्ड्रोइडजस्तै आफ्नै सफ्टवेयर विकास गर्न खोजेको भान भएको थियो । यो पछि हुन पनि सक्छ । तर अपरेटिङ सिस्टम सार्वजनिक गर्ने क्रममा देखाइएको सुविधाबाट भने अरु नै अनुमान गर्न सकिन्छ ।

हार्मोनी अपरेटिङ सिस्टमको एउटा विशेषता भनेको एउटै अपरेटिङ सिस्टम ह्वावेका सबै ग्याजेट्समा प्रयोग गर्न सकिन्छ । तपाईंको स्मार्टफोनमा भएकै सफ्टवेयर तपाईंको स्मार्टवाच, ट्याब्लेट वा हेडफोनमा पनि प्रयोग हुन्छ ।

यसकारण विभिन्न ग्याजेट्स र डिभाइसहरुबीच एउटै खालको सम्बन्ध कायम रहन्छ । हार्मोनी अपरेटिङ सिस्टमको यो विशेषतालाई एप्पलको डिभाइस इकोसिस्टमसँग तुलना गर्न सकिन्छ वा गुगलकै पनि विभिन्न सफ्टवेयरको इकोसिस्टमसँग तुलना गरेर हेर्न पनि सकिन्छ ।

एप्पलका विभिन्न प्रडक्ट वा गुगलका विभिन्न ग्याजेट्समा फरक फरक अपरेटिङ सिस्टम चल्छन् । तर हार्मोनी अपरेटिङ सिस्टम भने सबै डिभाइसमा उस्तै प्रकृतिको रहन्छ । यसले गदा डेभलपरलाई विभिन्न डिभाइसमा प्रयोग हुने एपको निर्माणमा पनि सहजता हुनेछ ।

उदाहरणको लागि हार्मोनी अपरेटिङ सिस्टम सार्वजनिक गर्ने क्रममा देखाइएको स्मार्टफोनलाई फोरके क्यामेरामा कनेक्ट गरेर स्मार्टवाचबाट तथ्यांक हेर्न सकिने यो सुविधा ल्याउनको लागि एप्पल र गुगल दुवैले संघर्ष गरिरहेका छन् । तर, हार्मोनी अपरेटिङ सिस्टमको लागि भने यो साह्रै सहज देखिएको छ ।

स्मार्टफोन बनाउने र स्मार्टफोनमा जोडिने अन्य डिभाइस बनाउने र त्यसपछि थप डिभाइसको इकोसिस्टम निर्माण गर्ने रणनीति लिने धेरै कम्पनीमध्ये ह्वावे पनि एक हो । यसको अर्थ हो वेबमा कनेक्ट हुने धेरै डिभाइसको सञ्जालमा स्मार्टफोन त्यसको केन्द्र हो ।

एन्ड्रोइड फोनमा स्मार्टफोन कनेक्ट गर्नु र क्रोमकास्ट तथा अन्य डिभाइस कनेक्ट गर्दा धेरै पटक कनेक्सनको समस्या देखिन्छ । जुन साह्रै कष्टकर छ । तर, ह्वावेको हार्मोनी अपरेटिङ सिस्टमले दिने सुविधा भने अवरोधरहीत देखिन्छ ।

ह्वावेले ग्राहकलाई आफ्नो उत्पादन कसरी प्रयोग गराउने प्रष्ट तस्वीर देखाएको छ । ह्वावे वाच हातमा, मेट फोर्टी प्रो स्मार्टफोन पकेटमा, मेटप्याड प्रो व्यागमा र भिजिन फारके टिभी भित्तामा, मेटबुक एक्स प्रो टेबलमा र फ्रीबड ग्राहकको कानमा ।

यस्तो सूचीमा धेरै प्रडक्टको नाम राख्न सकिन्छ । यि सबै डिभाइस एउटै अपरेटिङ सिस्टममा जोडिंदै त्यसले दिने अनुभव पक्कै पनि सन्दर हुनेछ । हार्मोनी अपरेटिङ सिस्टमको धेरै भन्दा धेरै फिचरको मजा लिनको लागि प्रयोगकर्ताको हात र खल्तीमा पनि सोही अनुसारका धेरै डिभाइस हुनुपर्छ ।

यसको लागि ह्वावेको डिभाइसमा तपाईंले खर्च पनि धेरै गर्नुपर्छ । ह्वावेको धेरै उत्पादनको मूल्य हेर्ने हो भने यि प्रिमियम मूल्यका छन् । यसकारण हार्मोनीको पूर्ण उपयोगको लागि खल्तीमा प्रशस्त पैसा हुनुपर्छ । साभार टेकपाना बाट 

Back to top