×

वीरगञ्ज । चिसो तथा शितलहरबाट प्रभावित भएकाहरुलाई दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरेको हो ।

चिसो तथा शितलहरबाट प्रभावित भएका अतिविपन्न, ठेला तथा रिक्सा चालक एवम् सडकमा आश्रय लिएर बसेकाहरुलाई मध्यनजर गर्दै आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले वीरगञ्जको राधेमाई, पावरहाउस, प्रतिमा चौक, बसपार्क चौक, आदर्शनगर चौक, ग्रिनसिटि चौक, घण्टाघरलगायतका क्षेत्रमा आगो बालेको छ । चिसो नघटेसम्म प्रहरीले आगो बाल्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

Back to top