×

वीरगञ्ज । कानुन दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ ।  विकृति विसङ्गति तथा भ्रष्टचारमुक्त न्यायपालिका सुव्यवसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादा भन्ने नाराका साथ वीरगञ्जमा पनि दिवस मनाइएको हो । 

पर्सा जिल्ला अदालत बार एसोसियसनले वीरगञ्जमा प्रभातफेरी निकालेर दिवस मनाएको हो । वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमा गरेको छ । प्रभातफेरीमा पर्सा जिल्ला अदालत बार एशोसिएसनका अधिवक्ता तथा कानुन व्यवसायीहरुको सहभागीता रहेको अधिवक्ता विवेक ठाकुरले जानकारी दिए । 

बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो ।

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई सबैतिर बाट जोड दिने गरिन्छ ।
 

Back to top