×

वीरगञ्ज २३ पुष । जनता समाजवादी पार्टी धोबिनी गाउँपालिका एकाई कमिटिको बैठक सम्पन्न भएको छ । 

गाउँपालिकाको वडा नम्बर ३ स्थित हरिहरपुर् गाउँमा सम्पन्न बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको विरोधमा गरिने कार्यक्रमहरु बारे छलफल गरिएको थियो ।  

जसपाले आगामी पुष २७ गते वीरगञ्जमा आयोजना गर्न लागेको वृहत विरोधसभा र र्‍यालीलाई सफल बनाउँने रणनीति बारे छाल्फा गरिएको थियो । बुधबार एकाई अध्यक्ष अजय पटेल र देवेन्द्र पटेलको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकमा प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक र स्वेच्छाकारी कदम विरुद्ध वक्ताहरुले बोलेका थिए ।

उनीहरुले ओलीले देश र संघीयतालाई खतरामा पारेको धारणा राखेका थिए । बैठकमा सबैलाई बढीभन्दा बढी मात्रामा पुष २७ गते वीरगञ्जमा हुने विरोधसभामा सहभागिता गराउन आग्रह समेत गरिएको थियो ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामचन्द्र पण्डित, विरेन्द्र यादव, पप्पु पटेल, केन्द्रिय परिषद सदस्य सलाउद्धीन अहमद, नेता जगदीश पटेल, मदन चौहान, पारसनाथ प्रसाद कुर्मीलगायत नेता कार्यक्रता हरुको उपस्थिति रहको थियो ।

Back to top