×

वीरगञ्ज २० असोज । वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।

भारत बिहारको समस्तीपुर जिल्ला उजियारपुर विधानसभाको दलसिंहसरायको स्थायी बासिन्दा दुई देशका नागरिक्ताधारी प्रवीण कुमार वंका, आखरा घाट मुज्जफरपुरका स्थाई बासिन्दा पवन कुमार भगेरिया र सुमित अग्रवाल सचालक रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिराखेको समान म्याद गुज्रेको खाद्यवस्तु बरामद भएको छ ।

आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेर आइतबार देखि नै अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

तीनवटा गोदाममा भण्डारण गरिराखेको म्याद गुज्रेका खाद्यवस्तु बरामद भए पछि संचालक दुई देशका नागरिक्ताधारी प्रवीण कुमार वंका, पवन कुमार भगेरिया र सुमित अग्रवाल प्रहरीको सम्र्पक बिहीन रहेको श्रोतले जनाएको छ ।

वनस्पति घ्यू, नरिवलको धुलो, केक र बेकरी, विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंगलगायत सामग्री म्याद नाघेको पाइएको छ । केक र बेकरीमा प्रयोग गरिने कच्चा पदार्थको म्याद सकिएपछि पूनः नयाँ मिति राखेर बजार पठाइने गरेको प्रहरीले जनाएको छ ।

दुई देशका नागरिक्ताधारी रहेका प्रवीण कुमार वंका केही वर्ष अगाडी वीरगंजको सरावगी गुरुपमा सामान्य जागिरे गरेका अहिले पाँच सय करोडको मालिक भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

भारत बिहारको समस्तीपुर जिल्ला उजियारपुर विधानसभाको दलसिंहसरायको स्थायी बासिन्दा दुई देशका नागरिक्ताधारी प्रवीण कुमार वंका, पवन कुमार भगेरियाले एक दशक भित्र यो मुलुकको नागरिकता हासिल गरेर काठमाण्डौंमा भव्य महल खरिद गरी करोडौंको गाडीमा सयर गरेको देख्दा वीरगंजका रैथाने मारवाडीहरु औला टोक्न थालेका छन् ।

दुई देशका नागरिक्ताधारी प्रवीण वंका अर्का गैर नागरिक कमल झुनझुनवालाको छोरा सुमित अग्रवालसंग मिलेर मुलुकको राजश्व लुटने, म्याद गुज्रेका खाद्यवस्तु पूनः नयाँ मिति राखेर बजार पठाइने जस्ता काम गरेर प्रतिदिन आफु अघि र मुलुकलाई टाट पल्टाउने अभियानमा लागेका छन् । केमिकलको भन्सार दरबन्दी ढाँटेर राता–रात अरबपति बनेका प्रवीण वंकाको सन्दर्भमा वीरगन्जका व्यापारीहरु आश्चर्यचकित भएका छन् ।

यस्तो धन्दामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको र घटनाको विस्तृत जानकारी पछि गराइने प्रहरी उपरीक्षक पन्तले बताइन् ।

Back to top