×

वीरगञ्ज ३० श्रावन । वीरगञ्जस्थित नारायणी अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालको पिसिआर प्रयोगशालाले शुक्रबार सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपाली सेनाका सिपाही, नारायणी अस्पतालमा कार्यरत चितिक्सक, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, भारतीय महावाणिज्य दुतावासका कर्मचारी, बैंकमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमण देखिएको हो ।

पर्सा जिल्लाका २६ जना, बारा जिल्लाका २१ जना र महोत्तरी जिल्लाका २ जना गरी जम्मा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा कार्यरत एक चिकित्सक, ४ जना स्वीपर, एक जना फिजियोथेरेपीका विभागका कर्मचारी, एक पोषण विभागका कर्मचारी, ३ सुरक्षा गार्ड, अस्पतालको फार्मेसीमा कार्यरत एक जन कर्मचारीगरी १२ जनामा कोरोना सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंक वीरगञ्ज शाखाका एक जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।

पर्सामा थपिएका सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयाँ, वडा नं. ४ विर्ता र लोहारपट्टी रोड, वडा नं. ८ पानिटंकी, वडा नं. १० घडिअर्वा, वडा नं. ११ श्रीपुर, वडा नं. १३ मुर्ली र राधेमाई, वडा नं. १५ भिस्वा, वडा नं. २५ सिर्सिया, वडाका वासिन्दा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

त्यस्तै बारा जिल्लाको जितपुरसिमरा महानगरपालिकाको वडा नं. १४ देखि वडा नं. १५ सम्मका २० जना, विश्रामपुरका एक जना गरी २१ जनामा र महोत्तरी जिल्लाको जलेश्वोरको २ जनामा सङ्क्रमण पुष्टि भएको छ । जितपुरसिमराका सबै सङ्क्रमितहरुको स्वाब परिक्षणका लागि सिमरा क्वारेन्टिनबाट वीरगञ्ज ल्याइएको थियो । भारतीय महावाणिज्य दुतावासका एक जना थप कर्मचारीमा पनि सङ्क्रमित भएका छन् ।

२ वर्ष देखि ६२ वर्ष उमेर समुहका सङ्क्रमितमा १२ जना महिला रहेको अस्पतालको पिसिआर ल्याबले जनाएको छ । थपिकेका मध्ये केही कन्ट्याक्ट ट्रेडिङ र केही स्वेच्छाले आफ्नो परीक्षण गराएका रहेका छन् ।

अस्पतालका मेसु डा. उपाध्यायले केहि सङ्क्रमितहरुमा लक्षणसहतिका रहेको बताए ।

Back to top