×

वीरगञ्ज २७ श्रावन । पर्साकाे पोखरिया नगरपालिकाले काेराेना संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइसाेलेसन तयार गरेकाे छ ।

पोखरिया अस्पतालकाे माथिलाे तल्लामा तयार गरिएकाे आइसाेलेसनमा २ जना संक्रमितलाई राखि मसेत सकिएकाे नगर प्रमुख दिपनारायण राैनियारले जानकारी दिए । नगरपालिका अन्तर्गतकाे काेराेना संक्रमितहरुलाई राखेर उपचार गर्नकाे लागि पहिलाे चरणमा २५ बेडकाे आइसाेलेस तयार गरिएकाे उनले जनाए ।

जिल्ला भरी नै कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गएको र वीरगंजस्थित आईसोलेसनमासमेत ठाउँ नरहेकाेले सर्वदलीय बैठक बसी आफ्नै नगरपालिकामा आइसाेलेसन निर्माण गर्ने निर्णय अनुसार तयार गरिएकाे प्रमुख राैनियारले वताए ।

तयार गरिएकाे आइसाेलेसन पाेखरिया अस्पतालकाे व्यवस्थापनमा संचालन हुनेछ । अस्पताल कै चिकित्सकहरुले संक्रमितहरुकाे उपचार गर्ने छन् । आईसोलेेेसन वार्डमा सिसि क्यामेरा समेत जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल कुमार यादवले बताए ।

आईसोलेसनमा प्रथम चरणका कोरोना संक्रमितहरुलाई सुरक्षित व्यवस्थापन र उपचार भईरहेको मेसु यादवले जानकारी दिए ।

साेमबार मात्र नगरपालिकाकाे एक वडाध्यक्ष, एक चिकित्सक, एक नर्स र एक अहवेमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । साउन २१ गते काेराेना संक्रमणबाट नै नगरपालिका कै एक युुवतीकाे मृत्यु समेत भएकाे थियाे ।

Back to top