वीरगञ्ज २० श्रावन । पर्सामा थप ४ महिलासहित ३४ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये २ जना बाराका रहेका छन् भने एक जना सुर्खेतका रहेका छन् । बाँकी ३१ जना मध्ये ३ जना पोखरीया नगरपालिका र एक जना जिराभवानी गाउँपालिका को सेढवाका रहेका छन् । संक्रमित मध्ये २७ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको छ।
संक्रमित चार जना महिलाहरुको उमेर १६,२६,२८ र ४९ रहेको छ। सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको हो।
त्यस्तै, वीरगञ्ज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।
आज दुई जना चिकित्सकमा संक्रमण देखिएको नारायणी अस्पताल र वीरगञ्जका मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।
त्यसैगरी, नारायणी अस्पतालको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।
चण्डीप्रसाद गण वीरगञ्ज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही पनि संक्रमित भएका छन्। वीरगञ्ज सञ्जाल अनलाइनका एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन्।
वीरगञ्ज बाहेक पर्सा पोखरीया नगरपालिका वडा नं २ का कन्ट्याक्ट ट्रेसिङमा परेका १६ वर्षे बालिका, १४ वर्षे बालक र २० वर्षे पुरुष, जिराभवानी गाउँपालिका सेढवाका २२ वर्षीय पुरुष संक्रमित देखिएका छन्। बारा, फेटा गाउँपालिका ४ का २८ वर्षका र कलैया उप महानगरपालिकाका २९ वर्षे पुरुष गरी दुई जना बाराका बासिन्दा पनि संक्रमित भएका छन्।