×

वीरगञ्ज १९ श्रावन । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशको विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार सात सय ५० पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ।

त्यस्तै, गत २४ घण्टामा तीन सय ५८ जना काेराेनामुक्त भएका छन्। याेसहित नेपालमा काेराेनामुक्त हुनेकाे संख्या १४ हजार नाै सय ६१ रहेकाे छ।

Back to top