×

वीरगञ्ज १३ श्रावन । देशभरिमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ।।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ।

अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,१२९ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

मृतक को हुन्?

बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै निधन भएको डा. गौतमले बताए।

दमका रोगी उनी असार २४ गते भारतबाट नेपाल आएको बताइएको छ।

अरू आँकडा के छन्?

विगत २४ घण्टामा पीसीआर विधिबाट ५,०३२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३५२,३०७ रहेको छ।

अहिले देशभरिका क्वारन्टीनमा १५,३३१ जना छन्।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निकट भविष्यमा दैनिक १८ हजारभन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता विकास भइरहेको छ।

Back to top